महामारीका विरुद्ध लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह
कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ । चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेका हुन् । विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा सो धारणा राखेका हुन् । उनले भने, 'अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहकार्य गर्नुपर्छ ।'
प्रवक्ता यनबिनले यदि यसरी सहकार्य गर्न सकियो भनेमात्र विश्व समुदायले यो महामारीबाट मुक्ति पाउन सम्भव हुनेछ भन्नुभएको समाचारमा जनाइएको छ । हालैमात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको भनी आरोप लगाएपछि सोमबार उनको सो धारणा आएको हो ।
प्रवक्ता येनबिनले यससम्बन्धी अनुसन्धान गर्नका लागि चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिँड्न सक्नुपर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान