शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा एकीकृत समाजवादीमा ५४ जनप्रतिनिधिले गराए सनाखत

मङ्गलबार, २२ भदौ २०७८, १४ : ४३
मङ्गलबार, २२ भदौ २०७८

काठमाडौंका ५४ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगमा सनाखत गर्ने अन्तिम समय मंगलबार साँझ ५ बजेसम्म रहेकोमा दिउसो २ बजेसम्म ५४ जना जनप्रतिनिधिले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ । 

यसरी सनाखत गर्नेहरुमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट नगरप्रमुख कृष्णहरि थापासहित १२ जनप्रतिनिधि नेकपा एसमा लागेका छन् ।  शंखरापुर नगरपालिकाका ८ जना जनप्रतिनिधिले एमाले छोडेका छन् । उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष घनश्याम थापा,  नगर कार्यपालिका सदस्य तिल कुमारी दमाई, बुद्धिमाया तामाङ, ज्ञानु पोखरेल, अनिल परियार र वडा नं २ का वडा सदस्य कृष्ण बहादुर गुरुङ, शिव प्रसाद दङ्गालले नेकपा समाजवादीमा सनाखत गरेका छन् । 

यता काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का सुद्धकुमार डंगोल र वडा नम्बर १५ का ईश्वरमान डंगोलले पनि नेकपा एसमा सनाखत गरेका छन् ।  बूढानीलकण्ठ नगरपालिकाबाट वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ सहित ३ जना वडा सदस्यहरु तथा टोखा नगरपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले नेकपा एसमा सनाखत गरेका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर २ का रवीन्द्र केसी, वडा नम्बर ६ की मधु कार्कीले पनि नेकपा एसमा सनाखत गरेका छन् । 

जिल्ला निर्वाचन कार्यालय काठमाडौँले साँझ ६ बजेसम्म सनाखत गर्ने समय रहेकोले यो सङ्ख्या बढ्न सक्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप