काठमाडौंमा एकीकृत समाजवादीमा ५४ जनप्रतिनिधिले गराए सनाखत
काठमाडौंका ५४ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगमा सनाखत गर्ने अन्तिम समय मंगलबार साँझ ५ बजेसम्म रहेकोमा दिउसो २ बजेसम्म ५४ जना जनप्रतिनिधिले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
यसरी सनाखत गर्नेहरुमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट नगरप्रमुख कृष्णहरि थापासहित १२ जनप्रतिनिधि नेकपा एसमा लागेका छन् । शंखरापुर नगरपालिकाका ८ जना जनप्रतिनिधिले एमाले छोडेका छन् । उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष घनश्याम थापा, नगर कार्यपालिका सदस्य तिल कुमारी दमाई, बुद्धिमाया तामाङ, ज्ञानु पोखरेल, अनिल परियार र वडा नं २ का वडा सदस्य कृष्ण बहादुर गुरुङ, शिव प्रसाद दङ्गालले नेकपा समाजवादीमा सनाखत गरेका छन् ।
यता काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का सुद्धकुमार डंगोल र वडा नम्बर १५ का ईश्वरमान डंगोलले पनि नेकपा एसमा सनाखत गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाबाट वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ सहित ३ जना वडा सदस्यहरु तथा टोखा नगरपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले नेकपा एसमा सनाखत गरेका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर २ का रवीन्द्र केसी, वडा नम्बर ६ की मधु कार्कीले पनि नेकपा एसमा सनाखत गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँले साँझ ६ बजेसम्म सनाखत गर्ने समय रहेकोले यो सङ्ख्या बढ्न सक्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण