संखुवासभा सामूहिक हत्या : ६ जनाकै टाउकोमा चोट
संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरेको थियो ।
सोमबार मृत फेला परेका मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कि समेत ६ जनाको टाउकोमा चोट देखिएको छ । संघिय प्रहरी इकाइ कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरिक्षक (एसपी) भिम दाहालले रातोपाटीसँग भने–‘सवैको टाउकोमा चोट देखिएको छ ।’ ह्यामर जस्ता गह्रौं वस्तुले हिर्काएर सामुहिक हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
सोमबार राती पुगेका अनुसन्धान अधिकारीहरुले घटनास्थलमा ‘डग स्निफिङ’ गराएका छन् । घटनास्थल अनुसन्धान गर्न जमर्न सेफर्ड जातका लैला र पिपु नामका कुकुर परिचालन गरिएको थियो ।
‘ट्रयाकर डग’ले गरेको संकेत र सम्भावित सवै कोणबाट अनुसन्धान भइरहेको एसपी दाहालले बताए ।
मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
तेज बहादुरकी आमा ८४ वर्षीया पार्वती, पत्नी कमला र बुहारी रञ्जनाले सुनका गहना लगाएका थिए । उनीहरुले लगाएको सवै गहना शवसँगै फेला परेको एसपी दाहालले बताए ।
शव पोष्टमार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याउने तयारी भइरहेको छ । शव घरबाहिर चार ठाउँमा फेला परेको छ । ८ वर्षीय बालकको शव घरभन्दा पर बारीमा फेला परेको छ । रञ्जन कार्कीको शव खोलामा र ५२ वर्षीय तेज बहादुरको शव सडकमा फेला परेको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए ।
परिवारका एकजना सदस्य जिवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
