बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैतडी : पाटन–पञ्चेश्वर सडक अवरुद्ध

मङ्गलबार, २२ भदौ २०७८, १४ : १३
मङ्गलबार, २२ भदौ २०७८

लगातारको वर्षापछि  पहिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । पाटन नगरपालिका–६ स्थित चानपुरमा गए राति पहिरोले सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा तल्लो स्वराडबाट सदरमुकाम गढी गोठलापानी, डडेल्ुधरा, धनगढी, महेन्द्रनगरलगायत ठाउँका लागि छुटेका तथा तल्लो स्वराड भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् । सडक अवरुद्ध हुँदा अस्पताल जान लागेका बिरामीसमेत बीच बाटोमै अलपत्र परेका छन् ।  

अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख रामदत्त भट्टले जानकारी दिए । उनले भने, “पहिरो पन्छाउने काम भइरहेको छ, पहिरो लगातार खसिरहेका कारण सडक खुलाउन समय लाग्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप