बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

वर्ल्ड लिंकको फोटोन स्किमः ३०० एमबीपीएस क्षमताको इन्टरनेट, अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट

मङ्गलबार, २२ भदौ २०७८, १३ : ४६
मङ्गलबार, २२ भदौ २०७८

काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशनको लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्ड लिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा शुरू गरेको हो । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ ।  नेपालमा पहिलो पटक ३०० एमबीपीएससम्मको गतिमा इन्टरनेट उपलब्ध गराएको वर्ल्ड लिंकले जनाएको छ ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाईफाई प्रणालीबाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस्तो वाईफाई प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरू प्रयोग गरिनेछ । यसले  हाल  घरहरुमा भइरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाईफार्ईले गराउने छ ।  

मेष वाईफाई प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो मानिन्छ। मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासँग जोडिएका हुन्छन । त्यसमा म्यानुएल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि  इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलार्ई सार्न सक्नेछन । 

वर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवालले विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सिमामा रहेको बेला घरमा इन्टरनेटको गति वढाउनु पर्ने आवश्यकता महसुस गरी अत्याधुनिक उपकरण र प्रविधिसँगै एउटा गुणस्तरीय घरेलु नेटवर्किङमा गएको बताए । उनले नेपालमा पहिलो पटक ३०० एमबीपीएस गतिको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरकोसँग मेष वाईफाई होम सोलुसन शुरू गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप