शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भोलि बस्ने संघीय संसदको बैठकका लागि यस्तो छ पूर्व तयारी

मङ्गलबार, २२ भदौ २०७८, १३ : २९
मङ्गलबार, २२ भदौ २०७८

बुधबार अपराह्न ४ बजे संघीय संसद् अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । 

संसद सचिवालयले ब्यक्तिगत दुरी कायम गर्नेगरी सिट ब्यवस्था गरेको, सांसदको बैठक कक्षमा प्रवेश गर्नुअघि तापक्रम नाप्ने, स्यानिटाइजर, मास्क लगायतको व्यवस्थापन गरेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । 

साथै यो पटक संसद बैठक बस्नुअघि कोरोना परिक्षण भने नगरिने भएको छ । सरकारले लकडाउनको अन्त्य गरेर सामान्य अवस्था बनेको र सम्पूर्ण सांसदहरुलाई कोभिड बिरुद्धको दोश्रो मात्रा खोप लगाइएकाले कोरोना परिक्षण नगरिने प्रवक्ता पाण्डेले बताए । 

संसद बैठकको संभावित कार्यसूची तय गर्नका लागि बैठक बस्दै गरेको उनको भनाइ छ । 
गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति बिद्या भण्डारीले बुधबारका लागि संघीय संसद बैठक आह्वान गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप