भोलि बस्ने संघीय संसदको बैठकका लागि यस्तो छ पूर्व तयारी
बुधबार अपराह्न ४ बजे संघीय संसद् अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयले ब्यक्तिगत दुरी कायम गर्नेगरी सिट ब्यवस्था गरेको, सांसदको बैठक कक्षमा प्रवेश गर्नुअघि तापक्रम नाप्ने, स्यानिटाइजर, मास्क लगायतको व्यवस्थापन गरेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
साथै यो पटक संसद बैठक बस्नुअघि कोरोना परिक्षण भने नगरिने भएको छ । सरकारले लकडाउनको अन्त्य गरेर सामान्य अवस्था बनेको र सम्पूर्ण सांसदहरुलाई कोभिड बिरुद्धको दोश्रो मात्रा खोप लगाइएकाले कोरोना परिक्षण नगरिने प्रवक्ता पाण्डेले बताए ।
संसद बैठकको संभावित कार्यसूची तय गर्नका लागि बैठक बस्दै गरेको उनको भनाइ छ ।
गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति बिद्या भण्डारीले बुधबारका लागि संघीय संसद बैठक आह्वान गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण