नेपाल युरोपियन युनियन फिल्म महोत्सव ५ नेपाली फिल्म देखाइने
‘नेपाल युरोपियन युनियन फिल्म महोत्सव’को दशौँ संस्करण अगामी १ देखि ९ असोजसम्म आयोजना हुने भएको छ । यो संस्करणमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्म साथै अन्य २४ फिल्महरू प्रदर्शन हुनेछ ।
महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्म समेत समावेश छ । यी मध्ये दुईओटा फिल्म नेपाली भाषामा सबटाइटल गरिएका छन् । यस्तै विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरिङ निर्देशित आमा खान्डा तथा सर्जियो बास्सो निर्देशित सरितासमेत समावेश गरिएको छ । गणेश पाण्डे निर्देशित को–हसबेन्ड्स् तथा राजन कठेत निर्देशित स्प्लिट् एन्ड्स् छोटा चलचित्र र रादु कोर्निसिसुको ‘वर्ल्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन’ तथा सनडान्डस् फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएको अकासा माई होम नामक वृत्तचित्र पनि महोत्सवको रहेको छ ।
‘महामारीबाट सिर्जित कठिनाइको कारणले गर्दा सांस्कृतिक गतिविधिलाई ठप्प पारेको अवस्थामा नेपाल तथा युरोपियन युनियन बीचको सांस्कृतिक आदानप्रदान तथा फ्यूजनको प्रवर्द्धन केही उत्कृष्ट नेपाली तथा युरोपेली चलचित्रहरूको अनलाइन प्रदर्शनीबाट हुने नेपालका लागि युरोपियन युनियनको डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले बताए ।
महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्र समावेश छ । महोत्सवमा प्रदर्शित गरिने चलचित्रहरूको अलावा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा पनि तीनवटा कार्यक्रमहरूको आयोजना हुनेछ ।
यसअन्तर्गत पहिलो कार्यक्रम असोज ३ गते दिउँसो २ बजे युरोपेली तथा नेपाली चलचित्र निर्माणको कलात्मक तथा वित्तीय पक्षहरू बारे अन्तरक्रियात्मक हुनेछ । कार्यक्रममा नेपाल तथा युरोपका प्रख्यात चलचित्रकर्मीहरू सहभागी हुनेछन् ।
त्यस्तै असोज ६ गते दिउँसो २ बजे चलचित्रमा महिला शीर्षकमा दोस्रो कार्यक्रम र शृङ्खलाको तेस्रो कार्यक्रम हरित चलचित्र निर्माण विषयमा अन्तर्क्रिया रहनेछ ।
महोत्सवको अर्को आकर्षक कार्यक्रम भनेको व्यावसायिक चलचित्र निर्माताहरूको प्रतिभालाई सम्मान गर्नु हो । जसका लैङ्गिक समानता शीर्षकमा १५ फिल्म प्राप्त भएका छन् । विजेता हुने चलचित्रले ५०० युरोको नगद पुरस्कार पाउने छ र उक्त चलचित्रको निर्देशकलाई महोत्सवको अन्तिम दिन आफ्ना अनुभवहरू साझा गर्नका लागि आमन्त्रित गरिनेछ । विजयी चलचित्र यस महोत्सवको मुख्य कार्यक्रमको हिस्सा रहनेछ ।
महोत्सवको ब्राण्ड एम्बेसडरको रुपमा अभिनेता दयाहाङ राई समेत केही अगाडि चुनिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय, कुन कम्पनीको के ?
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?