आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँका ८ अस्पतालबाट कोरोनाविरुद्धको खोप दिइँदै

मङ्गलबार, २२ भदौ २०७८, १२ : १४
मङ्गलबार, २२ भदौ २०७८

काठमाडौँमा मंगबारदेखि कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ । आजदेखि काठमाडौँका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप दिन लागिएको हो ।

एस्ट्राजेनेका खोप १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन लागिएको हो । विदेश जानेका लागि भेरोसेल तथा जोन्सन एन्ड जोन्सन खोप प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालबाट पहिलो र दोस्रो मात्रा दिइने उनले बताए । स्वास्थ्य कार्यालयका अनुसार, राधा स्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइन छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप