नगर प्रहरीलाई नेपाल भाषा सिकाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई नेपाल भाषा सिकाउन थालेको छ । पुल्चोक स्थित नगर प्रहरीको कार्यालयमा दुई साता सम्म सञ्चालन गर्ने गरी नेपाल भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए ।
ललितपुर महानगरका अधिकांश ठाउँमा नेवार समुदायको बाक्लो बस्ती छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीयसँग प्रत्यक्ष कुरा गर्न सहज हुने भएकाले नगर प्रहरीलाई भाषा सिकाउने निर्णय गरेका हुन् ।
नेपाल भाषा (नेवाःभाय्) जानेमा नगर प्रहरीको कार्यसम्पादनमा सहज हुने दाबी गरिएको छ । ‘भाषा नजानेका प्रहरीसँग स्थानीय भाषाको ज्ञान भएमा कतिपय कुराको पूर्व जानकारी लिन पनि सहज हुन्छ,’ नगर प्रहरी प्रमुख हाछेथु भन्छन्–‘हामीले नेपाल भाषाको आधारभूत कुराहरू सिकाइरहेका छौँ ।’
नेपाल भाषा नजान्ने ४९ जना नगर प्रहरीका अधिकारीहरूलाई भाषा प्रशिक्षण सुरु गरिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर–१८ मा रहेको नेवा एकेडेमीका शिक्षकले प्रशिक्षार्थीहरूलाई भाषा सिकाइरहेका छन् । भाषा प्रशिक्षण असोज ३ सम्म चल्नेछ ।
नगर प्रहरीले नेपाल भाषा बोलेमा समुदायलाई पनि अपनत्वको भाव विकास हुने र कामकाजमा सहजता आउने विश्वास गरिएको छ । ललितपुरको पाटन, गावाहल र बुङ्गमती लगायतका ठाउँका पुरानो नेवारी बस्तीमा भाषाकै कारण कतिपय समस्या समाधानमा असहजता सिर्जना हुने गरेको नगर प्रहरी प्रमुख हाछेथुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन