बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भरः मुख्यमन्त्री पोखरेल

मङ्गलबार, २२ भदौ २०७८, १० : ५४
मङ्गलबार, २२ भदौ २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाहलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । मंगलबार मुख्यमन्त्री पोखरेल १८ औं निजामती सेवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दैै स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर गर्ने बताएका हुन् । 

‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ नाराका साथ मनाउन लागिएको यस वर्षको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती सेवाका राष्ट्रसेवक कर्मचारीलाई मुख्यमन्त्री पोखरेलले शुभकामना व्यक्त गरेका छन् । 

निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउनका लागि कर्मचारीहरू ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिवद्ध हुन आवश्यक रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । ‘निजामती सेवाको यस प्रतिवद्धताले जनताले सरकारको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्न सक्दछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भनेका छन् । 

गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयनमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । 

निजामती सेवा दिवसकै अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको वसुन्धरा पार्क नजिकै वृक्षरोपण समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप