प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई फुटेका दल रोज्ने समय आज सकिँदै

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको दिएको थियो ।
गत भदौ २ गतेबाट लागु हुने गरी दिएको उक्त समय सीमा आज भदौ २२ मा सकिन लागेको हो । गत भदौ २ गते एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । दुवै दलको निवेदनअनुसार ९ भदौमा आयोगले दलको मान्यता दिँदै प्रमाणपत्र दिएको थियो । आयोगले दिएको समय सीमाभित्र दल रोज्ने जनप्रतिनिधिको पद कायम रहनेछ ।
नयाँ दल रोज्नलाई आयोगले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न निर्धारण गरेको समय सीमा अनुसार आज बेलुका सम्म नै सनाखत गर्ने क्रम चल्ने दुवै दलका नेताहरूले बताएका छन् ।
हालसम्म एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने ३० सङ्घीय सांसदसहित ५१ प्रदेश सांसद खुलिसकेका छन् भने स्थानीय तहका जनप्रतिनिधि कति भए भन्ने बेलुका ५ बजेपछि मात्रै थाहा हुने सो पार्टीका नेता गङ्गालाल तुलाधरले जानकारी दिए । ‘५ बजेसम्म त समय नै छ, त्यसपछि अपडेट गरेर ठ्याक्कै सङ्ख्या भनौँला,’ तुलाधरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा