बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा थप १० जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

मङ्गलबार, २२ भदौ २०७८, ०९ : ००
मङ्गलबार, २२ भदौ २०७८

मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर उनीहरूले समाजवादीका लागि सनाखत गरेका हुन् ।

मकवानपुरको इन्द्र सरोबर गाउँपालिका अध्यक्ष जीवन लामा सहित विभिन्न स्थानीय तहका १० जना जनप्रतिनिधिले नेकपा एमाले त्यागेर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् । त्यस्तै वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरूले नेकपा समाजवादी रोजेका हुन् ।

सनाखत गर्ने जनप्रतिनिधिहरूमा इन्द्र सरोबर गाउँपालिका ५ का वडाध्यक्ष धनराज महर्जन, इन्द्र सरोबर गाउँपालिका कार्यपालिका सदस्यहरू दुर्गावती थोकर, मन्जु रुम्बा ५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा उपमहानगरपालिका १ नम्बर वडा सदस्य ईश्वरी सुनार, थाहा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिनाले पनि नेकपा एसका लागि सनाखत गरेका हुन् ।

योसँगै नेकपा एसमा सनाखत गर्ने जनप्रतिनिधिहरूको सङ्ख्या ३५ पुगेको छ । यसअघि मकवानपुरका २५ जना जनप्रतिनिधिहरुले नेकपा एसका लागि सनाखत गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप