निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट
![निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट](https://rpcdn.ratopati.com/media/albums/karmachari-staff-covil_wNY50lo5Zy.jpg)
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।
प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको दुःखद र दुर्दशाको स्थितिका रूपमा चित्रण गर्छन् । निजामती सेवा दिवस हरेक वर्ष २२ भदौमा मनाउँदै आइएको छ ।
सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत भएका छन् ।
पुरस्कारको मापदण्ड भए पनि सो मापदण्ड लागू हुन नसक्दा पुरस्कारमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’पर्ने गरेको गुनासो आमकर्मचारीको छ । यसपटक पनि त्यस्तै प्रवृत्ति दोहोरिएको गुनासो कर्मचारीको छ । मन्त्रिपरिषद्ले सोमबार मात्रै १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ ।
यसअघि मुख्यसचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिले ४० जनालाई पुरस्कार प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसरी सिफारिस गर्दा सर्वोत्कृष्ट कर्मचारीको सिफारिस किन गर्न सकिएन भन्ने प्रश्न उठेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन
-
कर्णालीमा प्रतिपक्षसँग सरकारले ९ बुँदे सहमति गरेसँगै सदनको अवरोध हट्यो
-
एमालेका मन्त्रीलाई बालकोट बोलाएको छैन : बालकोट
-
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
-
अभिनेत्री हिना खानलाई ब्रेष्ट क्यान्सर
-
खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड