आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?
वि.सं.२०७८ साल भदौ २२ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–औशी, बिहान ०६ बजेर २५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी, बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– सिद्ध, बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त साध्य । करण– नाग, बिहान ०६ बजेर २५ मिनेट उप्रान्त किष्तुध्न, बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त बव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १७ मिनेट । दिनमान ३१ घडी १७ पला । कुशेऔंशी । गोकर्णस्नानम् । बाबुको मुख हेर्ने । हलोबार्ने । मन्वादि । गुँलाधर्म समाप्ति । मोतिजयन्ती । निजामती सेवा दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा अविश्वास बढ्ने तथा पति पत्नीबीच एक अर्कालाई शङ्काको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूका लागि भने समय उत्तम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शुभचिन्तकको सहयोगले चिताएको कामहरू सम्पादन हुनेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धी कामहरूबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्यम रहेकोले कुनै पनि काम गर्दा राम्रो सँग सोचेर मात्र अगाडि बढ्नुहोला । सरकारी काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो क्षमता प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल
-
राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय
-
चितवनबाट पुर्जी जारी भएका बैङ्किङ कसुरका प्रतिवादी पक्राउ
-
दुई वर्षको काम ६ महिनाभित्र गर्छ : अध्यक्ष डिसी
-
नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट