आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बोटलर्स नेपाललाई ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०’ प्रदान

सोमबार, २१ भदौ २०७८, २३ : ०१
सोमबार, २१ भदौ २०७८

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड’बाट सम्मानित गरेको छ । 

आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्ट प्रस्तुतिमा उत्कृष्टताका लागी यो सम्मान प्रदान गरिएको आईक्यानले जनाएको छ । बोटलर्स नेपाललाई गत बर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप–विजेताको रुपमा पुरस्कृत गरेको थियो ।

भदौ १३ गते आईसीएएनले आयोजना गरेको एक समारोहमा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आई.सी.ए.एन) का अध्यक्ष सीए मदन शर्माले उक्त अवार्ड कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन र बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप