कोरोनाका कारण काम नसकिएका ठेक्काको म्याद चैतसम्म थप
अर्थ मन्त्रालयले कोरोना महामारीका कारण काम नसकिएका ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेध आदेश र बन्दाबन्दी जारी हुनुपूर्व या सो अवधिभित्र सम्झौता भएका तर महामारीका कारण सम्पन्न हुन नसकेका चालू अवस्थाका खरिद सम्झौताको म्याद थप गर्न अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई निर्देशन दिएको हो ।
चालू अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनका आधारमा थप हुने अर्थले जारी गरेको परिपत्रमा उल्लेख छ । बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले आवश्यकता र औचित्य विश्लेषण गरी त्यस्तो खरिद सम्झौताको म्याद बढीमा २०७८ चैत मसान्तसम्म थप्न सक्नेछन् ।
उल्लेखित मापदण्ड पालना गरी आवश्यक भएका सम्झौताको म्याद थप निर्णय अबको एक महिनाभित्र गरी सोको जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय, आयोगको सचिव वा विशिष्ठ श्रेणीको पदाधिकारीलाई दिन निर्देश गरिएको छ ।
ती अधिकारीहरूले ठेक्का थप गर्ने निर्णय उपयुक्त भए/नभएको, उल्लेखित शर्तबमोजिम गरे/नगरेको, म्याद थप भएपछि समयमा काम सम्पन्न भए/नभएको, सम्झौता बमोजिमको काम भए/नभएको, काम सम्पन्न भएपछि समयभित्रै फरफारक गरे/नगरेको र काम सम्पन्न नभएका सम्झौताको सम्बन्धमा सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम समयमै कारबाही गरे/नगरेको हेर्नुपर्नेछ । साथै, कारबाही गरे/नगरेकोबारे नियमित अनुगमन गरी सो को प्रतिवेदन मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गर्न पनि अर्थले निर्देशन दिएको छ ।
यो निर्णय भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेकाे हो । सो निर्णय कार्यान्वयन गराउन अर्थले आज सम्बन्धित निकायलाई निर्देशन दिएको हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल