शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

२९ विधामा बाँडियो तीज म्युजिक अवार्ड

सोमबार, २१ भदौ २०७८, २१ : १३
सोमबार, २१ भदौ २०७८

आठौं छायाँछवी तीज म्युजिक अवार्ड २९ विधामा बाँडिएको छ । सोमबार राजधानीमा आयोजित एक समारोहबीच बाँडिएको अवार्डमा सकुना श्रेष्ठ ‘माइतीको आँगन’ बोलको गीतबाट उत्कृष्ट तीज गीत गायिका बनेकी छन् ।


कार्यक्रममा उत्कृष्ट गीत मिक्सिङ मनोज परियार, उत्कृष्ट एरेञ्जर राकेश सोनी,  उत्कृष्ट नव गायिका शिलाश्मा हमाल, इन्करेजमेन्ट अवार्ड शारदा धिताल, उत्कृष्ट मोडल पुरुष दीपेन्द्र तिमिल्सिना, मोडल महिला टीका जैशी, उत्कृष्ट भिडियो छायांकार मुकेश हुमागाईं, उत्कृष्ट भिडियो सम्पादक, बिनोदवन, उत्कृष्ट दोहोरी गीत भिडियो सम्पादक राजकुमार मगर, उत्कृष्ट नृत्य निर्देशक केशवराज भट्ट, उत्कृष्ट भिडियो निर्देशक सुरेन्द्र वसेल, सुमन सागर, उत्कृष्ट भिडियो निर्देशक (मोफसल) होम गुरुङ, उत्कृष्ट ज्योति गुरुङ, उत्कृष्ट सन्देश मुलक गीत गायिका शुष्मा शाही ठकुरी, उत्कृष्ट लय एचवी सुनार, उत्कृष्ट तीज दोहोरी गीत लय, रमेश परियारले पाएका छन् ।  त्यस्तै उत्कृष्ट दोहोरी तीज गीत गायिका चिजातामाङ,  उत्कृष्ट दोहोरी तीज गीत गायक, भुवन प्यासी, उत्कृष्ट दोहोरी तीज गीत गायक –पब्लिक च्वाइस) सम्राट चौलागाई, उत्कृष्ट गीत दीया नेपालले प्राप्त गरे ।

नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, वरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार तथा निर्देशक मोहन निरौला, निर्माता प्रदिप उदय, चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्ष विष्णुप्रसाद सुवेदी, कलाकार रोशनी केसी, नायिका अनामिका चौलागाईं लगायतले विजेतलाई अवार्ड प्रदान गरेका थिए ।

विगत ८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड भएको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए । मौलिक तीज गीतलाई प्रोत्साहन नगर्दै नेपाली कला संस्कृतिको विकासमा अवार्डका माध्यमबाट टेवा पुर्याउने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको उनले कार्यक्रममा जानकारी दिए ।]

कार्यक्रममा अभिनेत्री चन्दले अवार्ड मौलिक गीत संगीतको विकासका लागि अहम् भूमिका खेल्ने बताइन् । गायिका देविका वन्दनाले पछिल्लो वर्ष मौलिक शैलीका तीज गीत बढी आएको भन्दै त्यसो हुनुमा तीज म्युजिक अवार्ड जस्ता कार्यक्रमको प्रभाव रहेको भनाइन् राखिन् ।

दिप्सा थापाले ‘फुल्यै फुल्यो तिउरी’ बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेको कार्यक्रम कोरोनाको कहरका बीच स्वास्थ्य मापदण्ड अपनाएर आयोजना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप