शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा ४३९ जनामा कोरोना पुष्टि

सोमबार, २१ भदौ २०७८, १९ : ५७
सोमबार, २१ भदौ २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८०० जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा सात, इलाममा पाँच, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेह्रथुममा एक÷एक  र प्रदेश  बाहिरका तीन जनामा सङ्क्रमण भएको हो । 

    प्रदेशमा आजै ४१० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जना महिलासहित आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप