काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि २ लाख घूससहित पक्राउ
सोमबार, २१ भदौ २०७८, १८ : ४०
२ लाख घूस रकमसहित काठमाडौं महानगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो ।
जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका उनले घूस मागेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो ।
घुस लिइसकेको अवस्थामा उनलाई कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण