बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि २ लाख घूससहित पक्राउ

सोमबार, २१ भदौ २०७८, १८ : ४०
सोमबार, २१ भदौ २०७८

२ लाख घूस रकमसहित काठमाडौं महानगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो । 

 जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका उनले घूस मागेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो । 
घुस लिइसकेको अवस्थामा  उनलाई कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप