सुदूरपश्चिममा एकीकृत समाजवादीको सांसद संख्या १४ पुग्यो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सुदूरपश्चिम प्रदेशसभाबाट थप एक सदस्यले सनाखत गराएका छन् ।
नेकपा एमालेका १३ प्रदेशसभा सदस्य यसअघि नै नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका थिए भने सोमबार अर्का एकजना खुलेसँगै प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका सदस्य संख्या १४ पुगेको हो ।
प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादीका पक्षमा सोमबार सनाखत गराएकी हुन् ।
निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म विभाजन भएर बनेका नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य तथा जनप्रतिनिधिलाई समय तोकेको छ ।
सुदूरपश्चिम प्रदेशसभामा अब सभामुखसहित एमालेमा ११ सांसद बाँकी छन् । विभाजनअघि प्रदेशसभामा एमालेका २५ जना सांसद थिए ।
एमालेबाटै सभामुख बनेका अर्जुनबहादुर थापा कानुन अनुसार कतै खुल्नुपर्ने बाध्यता छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण