शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा एकीकृत समाजवादीको सांसद संख्या १४ पुग्यो

सोमबार, २१ भदौ २०७८, १८ : ३३
सोमबार, २१ भदौ २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सुदूरपश्चिम प्रदेशसभाबाट थप एक सदस्यले सनाखत गराएका छन् ।

नेकपा एमालेका १३ प्रदेशसभा सदस्य यसअघि नै नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका थिए भने सोमबार अर्का एकजना खुलेसँगै प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका सदस्य संख्या १४ पुगेको हो ।

प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादीका पक्षमा सोमबार सनाखत गराएकी हुन् ।

निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म विभाजन भएर बनेका नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य तथा जनप्रतिनिधिलाई समय तोकेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा अब सभामुखसहित एमालेमा ११ सांसद बाँकी छन् । विभाजनअघि प्रदेशसभामा एमालेका २५ जना सांसद थिए ।

एमालेबाटै सभामुख बनेका अर्जुनबहादुर थापा कानुन अनुसार कतै खुल्नुपर्ने बाध्यता छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप