शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले छाड्नेहरु लोभीपापी हुन् : ओली

सोमबार, २१ भदौ २०७८, १८ : ००
सोमबार, २१ भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले छोड्नेहरु लोभीपापी भएको बताएका छन् । सोमबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलील एमाले छोडेर अन्त जानेहरु लोभीपापी र विकाउ भएको बताएका हुन् ।

‘विकाउ मान्छे देखेर म त हैरान भएँ । मन्त्री दिन्छौ कि उता जाउँ भन्छन्, स्याल पालेर के काम लाग्छ ? स्याल पाल्यो खाली  दानापानीको नास’, ओलीको टिप्पणी छ ।  उनले भने, ‘पार्टी छोडेकाहरु लोभीपापी हुन् ।’

ओलीले अवको एमाले कसैले फोड्दा नफोडिने र भत्काउदा नभत्किने बनाउने बताए । ‘अबको एमाले तोड्दा नतोडिने, फोड्दा नपाmेडिने, भत्काउदा नभत्किने, देश बनाउने संकल्प बोकेको पार्टी हुन्छ’, ओलीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप