शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१५ महिनापछि यो सरकार खोजेर भेटिँदैन : केपी ओली

सोमबार, २१ भदौ २०७८, १७ : ५४
सोमबार, २१ भदौ २०७८

 एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलिक दिनको पाहुनामात्र भएको बताएका छन् । सोमबार युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले षडयन्त्रबाट जन्मिएको सरकारलाई सकेसम्म छिटो विदा गर्नुपर्ने पनि बताए ।

‘यो सरकार सास्वत होइन, अलिक दिनको पाहुना हो , षडयन्त्रबाट जन्मिएको पाहुना । यसलाई सकेसम्म छिटो विदा गर्नुपर्छ’, ओलीले भने, ‘छिटो विदा गर्न सकिएन भने पनि ७९ सालसम्मको मंसिरमा चुनाव गर्नेपर्छ । भर्याङमुनिको सरकार  । १५ महिनापछि यो सरकार खोजेर पनि कसैले भेट्नेवाला छैन ।’ यो सरकार विदा भएपछि जनताको सरकार बन्ने दावी गरे । उनले प्रचण्ड र माधव नेपाललाई लिलिपुटको संज्ञा दिदै काँग्रेस पनि उनीहरुको संगतबाट लिलिपुट नै भएको दावी गरे । उनले एमाले कमजोर भएको भनेर उनीहरुले प्रचार गरेपनि देशभरका जनता एमालेप्रति आकर्षित हुदै गएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप