मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरबाट ल्यापटप र मोबाइल चोरेको आरोपमा ४ जना पक्राउ

ल्यापटप धनीको सम्पर्क खोज्दै प्रहरी
सोमबार, २१ भदौ २०७८, १७ : १६
सोमबार, २१ भदौ २०७८

ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सातदोबाटो प्रहरीले भदौ १२ मा महालक्ष्मी स्थानबाट २ जनालाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा चोरीमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए ।

आरोपीहरुको साथबाट प्रहरीले डेल कम्पनीको आई–५ ल्यापटप, सामसुङ, कलर्स, ओप्पो, आइफोन र एमआई कम्पनीका मोबाइल बरामद गरेको छ । चोरीमा संलग्न आरोपीहरुबाट बरामद गरिएको डेल कम्पनीको कालो रंगको ल्यापटप, एप्पलको म्याकबुक प्रो (सिल्भर रंग) र ‘इ’ लेखिएको ल्यापटपका धनी प्रहरीको सम्पर्कमा आएका छैनन् ।

ल्यापटप धनीसँग सम्पर्क गर्ने लगायत चोरीमा संलग्नहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए । आफ्नो ल्यापटप हराएको भएमा सातदोबाटोस्थित प्रहरी वृत्तमा सम्पर्क गर्न पनि डिएसपी घिमिरेले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप