काँग्रेसले बोलायो संसदीय दलको बैठक
सोमबार, २१ भदौ २०७८, १७ : १२
नेपाली काँग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीको रणनीति तयार गर्ने काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
संघीय संसदको बैठक बुधबारका लागि बोलाइएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाएकी हुन् ।
सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । यस्तै आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण