देउवा सरकार महिना नपुगी जन्मेको बच्चाजस्तो हो : सुवास नेम्वाङ
नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट जन्मिएकाले केही काम गर्न नसक्ने बताएका छन् । सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले ५० दिन पुगिसक्दा पनि मन्त्रिमण्डल समेत विस्तार गर्न नसकेबाटै सरकारको क्षमता बुझ्न सकिने बताए ।
‘सर्वोच्चको आदेशबाट जन्मिएको सरकार ५० दिन नाघिसक्दा पनि मन्त्रिमण्डल विस्तार भएको छैन । सरकार विस्तार गर्दा सरकार नै ढल्छ कि भन्ने डर र दल फुट्ने डर छ । यो कस्तो अचम्म ?’ नेम्वाङको भनाइ छ ।
उनले सरकारलाई महिना नपुगी जन्मिएको बच्चासँग तुलना गर्दै सरकारको लक्षण ठिक नभएको पनि बताए । सर्वोच्चको फैसलापछि सरकारले अध्यादेश ल्याएर एमाले विभाजन गरेको भन्दै उनले सरकारको नियत यसैबाट प्रस्ट भएको बताए । ‘यो सरकार जनताले बनाएको सरकार होइन, जननिर्वाचित सरकार विस्थापित गरेर सर्वोच्चको आदेशबाट जन्मिएको सरकार भएकाले होला सात महिना पनि नपुगी बच्चा जन्मियो भने हाम्रो गाउँघरतिर कस्तो–कस्तो मानिन्छ, लक्षण पनि ठिक छैन भन्छौ, हो त्यस्तै छ यो सरकार’ नेम्वाङको तुलना छ ।
उनले सर्वोच्च अदालतको फैसलाले संविधानलाई कमजोर बनाएको भन्दै कानुनको शासनको लागि लडेको पार्टी भएकाले फैसलाप्रति असहमति भएपनि फैसलालाई एमालेले कार्यान्वयन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बयान सकियो, बहस सुरु
-
भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत
-
गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : नजमुल हुसैन सान्तोको कप्तानीमा बंगलादेशी टोलीको घोषणा, बाहिरिए शकिब अल हसन
-
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको साधारण सभा सम्पन्न
-
म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता