शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनका लागि जर्मनीका राजदूतको निधन

सोमबार, २१ भदौ २०७८, १६ : ४८
सोमबार, २१ भदौ २०७८

चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उनको निधन भएको सोमबार पुष्टि गरेको छ । “चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खबरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनका परिवारजन र निकट मित्रहरूप्रति मन्त्रालयले सहानुभूति व्यक्त गरेको छ । बेइजिङ खटाउनु अगाडि उनी चान्सलर एंगेला मर्केलको विदेश मामिला सल्लाहकार रहेका थिए । चर्चित वरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको राजदूतका रुपमा बेइजिङ पठाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप