सेवाग्राहीको फोन ट्यापिङ गरेका छैनौं : नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीको फोन ट्यापिङ नगरेको बताएको छ । आज आफ्नो वर्तमान स्थितिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा टेलिकमले सेवाग्राहीको फोन ट्यापिङ नगरेको स्पष्ट पारेको हो ।
टेलिकमका प्रवक्ता राजेश जोशीले सेवाग्राहीको फोन अहिलेसम्म ट्यापिङ नगरेको बताउँदै आगामी दिनमा पनि नगर्ने बताए । उनले भने, ‘अहिले धेरैको जिज्ञासा फोन ट्यापिङकाे विषयमा छ । तर, हामीले अहिलेसम्म सेवाग्राहीको फोन ट्यापिङ गरेको छैन ।’
उनले नेपालमा फोन ट्यापिङ गर्ने उपकरण नै नभएको स्पष्ट पारे । ‘फोन ट्यापिङ गर्ने उपकरण नेपालमा छैन । अहिलेसम्म आयात नै भएको छैन । महँगो मूल्य पर्ने ट्यापिङ गर्ने उपकरण नेपाल टेलिकम कम्पनीसँग छैन । र, उक्त उपकरण ल्याउन दूरसञ्चार प्राधिकरणको अनुमति चाहिन्छ । टेलिकमले आफूखुसी ल्याउन मिल्दैन ।’
यसैगरी, फोन ट्यापिङ गर्ने विषय क्षेत्राधिकारमा नपर्ने भएकाले कसैले ट्यापिङ गर्न भनेमा र कल रेकर्ड मागे पनि अदालतको आदेश बिना दिन नमिल्ने प्रवक्ता जोशीले बताए । यसअघि, केपी शर्मा ओलीको सरकारले फोन ट्यापिङ गर्ने कानुन सम्बन्धी विधेयक तयार पारेको थियो । उक्त विधेयक राष्ट्रियसभामा पारित गरेर प्रतिनिधिसभामा विचाराधीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट