सत्ता गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।
सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक्रोशित बनेको हो । दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाहिँ कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै पराजुलीले आक्रोश पोखे ।
सो क्रममा विद्यार्थीहरूले एमसीसीको समेत विरोध गरेका छन् । ‘एमसीसी मुर्दावाद’ लेखिएको प्लेकार्डसहित भेला भएका उनीहरूले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक