बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षकहरुले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा पाउनेछन् १० प्रतिशत छुट

सोमबार, २१ भदौ २०७८, १६ : ११
सोमबार, २१ भदौ २०७८

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुट दिने भएको छ ।

‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले यस्तो अफरको घोषणा गरेको हो । यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ । 

यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचय पत्र भने देखाउनु पर्नेछ । 

नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तीजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप