सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा सद्गुरु, तस्बिरमा हेर्नहाेस्

सोमबार, २१ भदौ २०७८, १६ : ०७
सोमबार, २१ भदौ २०७८

भारतीय आध्यात्मिक गुरु सद्गुरुले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। जीवित देवी कुमारीको दर्शन गरेर उनले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका हुन् ।

यसअघि हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका थिए । कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका थिए । 

केही दिनअघि  नेपाल पर्यटन बोर्डसँगको छलफलमा सद्गुरुले नेपाल एसियाको स्वीजरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताएका छन् । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग यही नै स्वर्ग रहेको धारणा राखे । ‘नेपाल सम्भावना नै सम्भावनाको देश हो । यहाँ प्रकृति, संस्कृति र एडभेन्चर छ । तर, यसको व्यवस्थापन आवश्यक छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप