स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडियो कोजेन्ट हेल्थ, अब अस्पताल सफ्टवेयरबाटै बीमा दावी
काठमाडौं । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेची अञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली –आईएमआईएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्वारा प्रवर्धित आईएमआईएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ ।
एकीकृत प्रणालीको सुरुवातसँगै स्वास्थ्य बीमामा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बीमा योजनामा आबद्ध भए नभएको जाँच गर्न र आबद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बीमा सम्बन्धी आवश्यक विवरणको जानकारीको लागी कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन् । साथै स्वास्थ्य संस्थाहरूले सफ्टवयेर मार्फत् डिजिटल रूपमै बिरामीको बीमा दाबी गर्न सक्षम हुने भएका छन् । यो सगँै हालसम्म स्वास्थ्य सेवा प्रदायकले बीमा दावी गर्न बीमितलाई स्वास्थ्य सेवा प्रवाहको क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा प्रविष्ट गरिरहनु पर्ने दोहोरो र समय खपत हुने अवस्थाको अन्त्य हुने भएको छ ।
इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बीमा सूचना प्रणाली जस्ता दुर्ई महत्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरीसकेको छ र डिजिटल स्वास्थ्यको क्षेत्रमा आवश्यक पर्ने महत्वपूर्ण प्रविधि निर्माण गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?