आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तान क्रिकेट टीमको प्रशिक्षकबाट मिस्बाह र वकार बाहिरिए

सोमबार, २१ भदौ २०७८, १५ : ५४
सोमबार, २१ भदौ २०७८

पाकिस्तान क्रिकेट टोलीका मुख्य प्रशिक्षक मिस्बाह उल हकले आफ्नो पदबाट राजीनामा दिएका छन् । मिसबाहको साथै टोलीको बलिङ प्रशिक्षक वकार युनिसले पनि राष्ट्रिय टीमबाट राजीनामा दिएका छन् ।

हालै पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्याण्ड र इंग्ल्याण्डविरुद्धको घरेलु टी–२० शृङ्खला र आगामी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । घोषणाको केही दिनपछि नै मिसबाह र वकारले राजीनामा दिएका हुन् । दुवै २०१९ मा राष्ट्रिय टोलीसँग जोडिएका थिए र उनीहरुको अझै एक वर्ष करार बाँकी रहेको थियो । तर, यो जोडीले आकिस्मकरुपमा राजीनामा दिएर सबैलाई चकित बनाएका छन् ।

मिस्बाहले पीसीबीलाई लिएको राजीनामा पत्रमा आफू विगत २४ महिनादेखि टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेको र बायो बबलमा बसिरहेको उल्लेख गरेका छन् । यसका कारण आफ्नो परिवारलाई समय दिन नसकिरहेको उनले बताएका छन् । ‘यो पदबाट हट्ने सही समय होइन, तर आगामी चुनौतीका लागि म मानसिकरुपमा तयार छैन,’ उनले भनेका छन् ।

मिस्बाहले बायो बबलका कारण पद त्यागको घोषणा गरे पनि उनी र वकारको पीसीबीका अध्यक्ष रमीज रजासँग राम्रो सम्बन्ध थिएन । रमीजले कयौँ पटक दुवैको सार्वजनिकरुपमा नै आलोचना गरेका थिए । सामाजिक सञ्जालमा रमीजले मिस्बाह र वकारको प्रशिक्षणमाथि प्रश्न उठाएका थिए । वेस्ट इन्डिजको टुरमा टोलीले लाचार प्रदर्शन प्रदर्शन गरेको थियो ।  मिस्बाह र वकारले पद छाडेपछि पीसीबीले सक्लेन मुस्ताक र अब्दुल रज्जाकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप