निजामती कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप
निजामती कर्मचारीहरूले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।
कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए । उनले पहिला सरकारले निजामती कर्मचारीहरूलाई भ्याक्सिन लगाउनु भन्दा कोहीले डराएर र कोहीले बाध्यतावश उपस्थिति जनाउन नसक्दा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिनबाट वञ्चित भएको बताए ।
कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामती कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेकाहरूलाई पनि भ्याक्सिन उपलब्ध गराएको बताए । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामती कर्मचारीहरूले काठमाडौँमा सिंहदरबार र बाहिरी जिल्लाहरूमा सिडिओ कार्यालयबाट लगाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण