
निजामती कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप

निजामती कर्मचारीहरूले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।
कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए । उनले पहिला सरकारले निजामती कर्मचारीहरूलाई भ्याक्सिन लगाउनु भन्दा कोहीले डराएर र कोहीले बाध्यतावश उपस्थिति जनाउन नसक्दा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिनबाट वञ्चित भएको बताए ।
कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामती कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेकाहरूलाई पनि भ्याक्सिन उपलब्ध गराएको बताए । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामती कर्मचारीहरूले काठमाडौँमा सिंहदरबार र बाहिरी जिल्लाहरूमा सिडिओ कार्यालयबाट लगाउन सक्नेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ