शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा ‘अल न्यू हुन्डाई टक्सन’को बिक्री शुरु, मूल्य कति ?

सोमबार, २१ भदौ २०७८, १५ : १४
सोमबार, २१ भदौ २०७८

काठमाडौं । हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अल न्यू टक्सन’ सार्वजनिक गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले अल न्यू टक्सन ४ भेरियन्टमा उपलब्ध गराएको छ ।

जसमा टक्सन जीएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जीएलएस टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल), जीएलएक्स टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल) र जीएलएक्स फोर ह्वील ड्राइभ अटोमेटिक (डिजेल) भेरियन्टमा उपलब्ध छ । यसको सुरुवाती भेरियन्ट जीएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

हुन्डाईले फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टक्सन विश्वभर चर्चामा रहेको मोडल हो । ‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेसन टक्सनलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको कम्पनीको दावी छ ।

यसमा प्रयोग गरिएको प्यारामेट्रीक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टक्सन फरक भएको कम्पनीले जनाएको छ ।

अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सी र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेसन टक्सनमा भेन्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइट जस्ता फिचरले यात्रा सहज गराउने कम्पनीले जनाएको छ । 

बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप