निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेज्मेन्ट
फिल्म निर्देशक सुदर्शन थापाले इन्गेज्मेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औँठी साटेका हुन् ।
काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो जन्मदिनको अवसर पारेर इन्गेज्मेन्ट गरेका हुन् ।
लभ स्टोरी फिल्म निर्देशनमा माहिर मानिएका थापाले, ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा डेब्यु गरेका हुन् । त्यसपछि उनले ‘मधुमास, ‘प्रेमगीत’ ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत थुप्रै हिट फिल्मका निर्देशक गरेका छन् । सुप्रियाले पनि म्युजिक भिडियो अभिनयपछि टेलिभिजनमा काम गर्न थालेकी हुन् ।
सुदर्शनले आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने बताइएको छ । सुदर्शन र सुप्रिया विगत एक बर्ष प्रेममा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित छः अध्यक्ष राई
-
हिमालय क्षेत्रमा हुने घटनालाई विश्वव्यापी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री
-
संसद्को अवरोध हट्ने नेताहरूको दाबी
-
ट्रेकिङमा हराएका दुई पर्यटकको उद्धार, हेलिकप्टरबाट काठमाडौँ पठाइयो
-
सम्बन्धविच्छेदपछि फिल्ममा पुनरागमन गर्दैछिन् इशा देओल
-
मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते