निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेज्मेन्ट
फिल्म निर्देशक सुदर्शन थापाले इन्गेज्मेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औँठी साटेका हुन् ।
काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो जन्मदिनको अवसर पारेर इन्गेज्मेन्ट गरेका हुन् ।
लभ स्टोरी फिल्म निर्देशनमा माहिर मानिएका थापाले, ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा डेब्यु गरेका हुन् । त्यसपछि उनले ‘मधुमास, ‘प्रेमगीत’ ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत थुप्रै हिट फिल्मका निर्देशक गरेका छन् । सुप्रियाले पनि म्युजिक भिडियो अभिनयपछि टेलिभिजनमा काम गर्न थालेकी हुन् ।
सुदर्शनले आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने बताइएको छ । सुदर्शन र सुप्रिया विगत एक बर्ष प्रेममा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण