शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफसबाट यसरी बाच्न सकिन्छ

सोमबार, २१ भदौ २०७८, १४ : ५८
सोमबार, २१ भदौ २०७८

कोभिड—१९ र स्क्रब टाइफसको लक्षण मिल्दोजुल्दा हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोभिडका बिरामीसँगै स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । कोभिड १९ र स्क्रब टाइफसको लक्षण मिल्दोजुल्दो हुने भएकाले चनाखो हुन सरुवारोग विशेषज्ञहरूले सुझाव दिँदै आएका छन् ।

स्क्रब टाइफस के हो ?

स्वास्थ्य मन्त्रालयका अनुसार ​क्रश टाइफस ‘ओरिन्सया सुुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । स्क्रब टाइफस रोगको समयमै उपचार नगरेमा स्वास्थ्यमा गम्भीर समस्या निम्तिन सक्ने चिकित्सकहरूको भनाइ छ । यस रोगले  मस्तिष्क, कलेजो, फोक्सो, आदिमा सङ्क्रमण गर्नुका साथै कहिलेकाहीँ बहुअंग विकार (मल्टी अर्गन डिस्फङ्सन) को अवस्था सृजना गर्न सक्छ ।

यो रोग मानिसमा कसरी सर्छ ?

मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेमा स्क्रब टाइफस सर्छ

स्क्रब टाइफसका लक्षणहरू के-के हुन् ?

 –उच्च ज्वरो आउने,

–श्वास प्रश्वासमा समस्या देखिने,

–धेरै टाउको दुख्ने,

–जोर्नी र मांसपेशी दुख्ने,

–खोकी,बान्ता, पेट दुख्ने, पखाला लाग्ने,

–आँखा रातो हुने,

–किर्नाले टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग बस्ने,

–शरीरमा बिमिरा आउने,

स्क्रब टाइफसबाट बच्ने उपाय ?

–किर्नाको टोकाइबाट बाच्न खेत, बारी, झाडी, वन जङ्गल जाँदा लामो बाहुला भएका कपडा लगाउन पर्छ भने जुत्ता समेत लगाउनुपर्छ ।

–शरीरको खुल्ला ठाउँमा कीटनाशक प्रयोग  पनि गर्नुपर्छ ।

–घरको वरिपरि खेतबारीमा धेरै घाँसहरू बढ्न नदिने, आफू बस्ने वरपरको वातावरण सफा राख्ने

–मुसालाई नियन्त्रण लागि अन्न भण्डारण सही तरिकाले अपनाउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप