आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा ३ वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु

सोमबार, २१ भदौ २०७८, १४ : २०
सोमबार, २१ भदौ २०७८

रुपन्देहीमा ३ वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।  बुटवल नगरपालिका– ११ बुद्धनगर बस्ने राजु परियारकी ३ वर्षीया छोरी सम्राट परियारको पानीमा डुबेर मृत्यु भएको हो ।

स्थानीय तिनाउ खोला छेउमा खेल्ने क्रममा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

डुबेलगत्तै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप