शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थलाई सम्झेर भावुक बने करण

सोमबार, २१ भदौ २०७८, १२ : ५८
सोमबार, २१ भदौ २०७८


बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको गत सेप्टेम्बर २ मा हृदयाघातका कारण निधन भएको थियो । अल्प आयुमा भएको उनको निधनले सबैलाई स्तब्ध बनाएको छ । अहिलेसम्म पनि उनीप्रति फ्यान तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । हाल बिग बोस ओटीटी होस्ट गरिरहेका चलचित्र निर्माता तथा निर्देशक करण जोहरले पनि आइतबार शोमा सिद्धार्थप्रति समवेदना व्यक्त गरेका छन् ।

सिद्धार्थले करण जोहर निर्णायक रहेको झलक दिख्ला जा नामक शोमा भाग लिएका थिए । त्यतिबेला करण सिद्धार्थबाट निकै प्रभावित बनेका थिए । लगत्तै, सिद्धार्थले करणकै चलचित्र ‘हम्पटी शर्मा कि दुलहनियाँ’ बाट बलिउडमा डेब्यू गरेका थिए । आइतबार सिद्धार्थलाई सम्झिँदै गर्दा करण निकै भावुक बने थिए ।

‘सिद्धार्थ यस्ता नाम थिए, जो हाम्रो जीवनको एउटा अभिन्न हिस्सा भइसकेका थिए । उनी बिग बोस परिवारका सबैभन्दा लोकप्रिय सदस्य थिए । उनी मेरोमात्र नभएर यो उद्योगका धेरैका मित्र थिए । आज उनले सबैलाई छाडेर गएका छन् । यो कुरा विश्वास गर्नै निकै गाह्रो भइरहेको छ । म स्तब्ध छु । म श्वाससमेत फेर्न सकिरहेको छैन,’ करणले आँसु रोक्दै भने, ‘सिड (सिद्धार्थ) एउटा असल छोरा, महान् मित्र थिए । उनको सकारात्मक सोच र मुस्कानले लाखौँको मन जित्न सफल भएको थियो । उनको लाखौँ फ्यान उनी कति चर्चित र मायालु थिए भन्ने प्रमाण हो । तिमीलाई सबैले मिस गर्नेछ । हामी तिमीलाई मिस गर्नेछौँ । हामीले यो शोलाई अघि बढाउन ठूलो हिम्मत चाहिनेछ । र, सिद्धार्थ यहाँ भएको भए उनी पनि यो कुरा चाहन्थे । द शो मस्ट गो अन...’

यसअघि करणले सामाजिक सञ्जालमार्फत पनि सिद्धार्थप्रति श्रद्धाञ्जली दिएका थिए । केही हप्ताअघि मात्र सिद्धार्थ शेहनाज गिलसँगै करणको शोमा आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप