शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बल्खु र बालाजुको तरकारी बजार डुब्दा करोडौंको क्षति

सोमबार, २१ भदौ २०७८, १२ : ३२
सोमबार, २१ भदौ २०७८

आज रातभर आएको अविरल वर्षाका कारणले बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ । पानीले बल्खु र बालाजु क्षेत्र डुब्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्याएको हो । बल्खु बजार सञ्चालककाअनुसार पानीले तरकारी बजारमा करिब १ करोड रुपैयाँको क्षति पुर्याएको छ । बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो ।

तरकारी बजारमा पसेको पानीले डुबाएको÷बगाएको तरकारी कामै नलाग्ने गरी क्षति पुगेका कारण १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको तरकारी बजारले जनाएको छ । बजार तत्काल खोल्न नमिल्ने गरी क्षति पुगेको छ ।

यसैगरी, बालाजु क्षेत्रमा आएको बाढीले त्यस क्षेत्रको तरकारी बजार समेत डुबानमा परेको कालिमाटी फलफुल तथा तरकारी बजारका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । उनले कालिमाटीको तरकारी बजारमा भने क्षति नभएको बताए । हालसम्म क्षतिको आँकलन नभएको उनको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप