बल्खु र बालाजुको तरकारी बजार डुब्दा करोडौंको क्षति
आज रातभर आएको अविरल वर्षाका कारणले बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ । पानीले बल्खु र बालाजु क्षेत्र डुब्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्याएको हो । बल्खु बजार सञ्चालककाअनुसार पानीले तरकारी बजारमा करिब १ करोड रुपैयाँको क्षति पुर्याएको छ । बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो ।
तरकारी बजारमा पसेको पानीले डुबाएको÷बगाएको तरकारी कामै नलाग्ने गरी क्षति पुगेका कारण १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको तरकारी बजारले जनाएको छ । बजार तत्काल खोल्न नमिल्ने गरी क्षति पुगेको छ ।
यसैगरी, बालाजु क्षेत्रमा आएको बाढीले त्यस क्षेत्रको तरकारी बजार समेत डुबानमा परेको कालिमाटी फलफुल तथा तरकारी बजारका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । उनले कालिमाटीको तरकारी बजारमा भने क्षति नभएको बताए । हालसम्म क्षतिको आँकलन नभएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण