एमसीसीबारे महराले भने– मुलुकमा अर्को जटिल परिस्थित आयो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । संसदमा विचाराधीन रहेको एमसीसी पारितका लागि तयारी भइरहेको बेला महराले यस्तो बताएका हुन् ।
सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा बोल्दै महराले एमसिसिलाई लक्षित गर्दै भने, ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, अहिले पनि जटिल छ।’
उनले अहिले पाँच दलको गठबन्धनबाट सरकार रहेपनि मन्त्रिपरिषद विस्तार नहुँदा फुल फेजमा काम भने हुन नसकेको टिप्पणी गरे ।
महराले प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने पनि बताए । यही अधिवेशनबाट नयाँ बजेट ल्याउने तयारी भएको उनको भनाइ छ ।
‘२३ गते अधिवेशन छ। यही अधिवेशनबाट नयाँ बजेट आउँदैछ,’ महराले भने, ‘नयाँ बजेटको तयारी हुँदैछ। नयाँ बजेटमा अस्पताललाई के गर्न सक्छौं, सल्लाह सुझाव दिनुहोस्। भौतिक सुधार, जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने कुरामा म तयार छु।’
महराले स्वास्थ्य क्षेत्रमा राज्यले पुरै दायित्व बहन गर्ने सक्ने अवस्था नरहेको भन्दै राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि भएको दुर्व्यवहारको बिरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण