सेयर बजार घटेपछि गभर्नरको राजीनामा माग्दै मोटरसाइकल र्याली
सोमबार, २१ भदौ २०७८, १२ : २०
सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका छन् । गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर सेयर बजार मैत्री व्यवस्था गर्न गभर्नरलाई दबाब दिएका हुन् ।
पछिल्लो एक सातामा झण्डै २०० अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपछि पुँजीबजार सुधार संघर्ष समिति गठन नै गरेर आन्दोलनमा उत्रिएका हुन् । समितिले चालू वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ को सिमा राखेका कारण बजार घटेको आरोप लगाइरहेको छ । उनीहरुले हिजो दिनभरमा सेयर बजार मैत्री निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण