बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘थाडम’ को हिन्दी रिमेकमा आदित्यसँग म्रुनाल

सोमबार, २१ भदौ २०७८, १२ : ११
सोमबार, २१ भदौ २०७८


तामिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा आदित्य रोय कपुरको अपोजिटमा युवा अभिनेत्री म्रुनाल ठाकुर देखिने भएकी छन् । यसअघि थुप्रै हिट चलचित्रमा काम गरिसकेकी ठाकुर यस चलचित्रमा प्रहरीको भूमिकामा देखिने बताइएको छ । 

भुषण कुमार र मुराद खेतानीको निर्माणमा बन्न लागेको यस चलचित्रको हालसम्म नाम भने जुराइएको छैन । सत्य घटनामा आधारित भएको भनिएको यो चलचित्रको छायाङ्कन यही वर्षको अक्टोबरबाट शुरु हुनेछ ।

चलचित्रको हिस्सा बनेको समाचारपछि म्रुनालले भनेकी छन्, ‘जब मैले चलचित्रको कथा पढेँ, तत्कालै मलाई लाग्यो कि म यो चलचित्रको हिस्सा हुनुपर्छ । मेरो पात्र निकै रोचक रहेको छ र चलचित्रमा प्रहरीको भूमिकामा खेल्नु मेरो गर्नुपर्ने सूचीमा नै रहेको थियो । मैले हालसम्म गर्दै आएको रोलभन्दा यो भिन्न हुनेछ ।’

युवा अभिनेत्रीलाई चलचित्रमा भित्र्याएपछि भुषण कुमारले चलचित्रमा प्रहरीको भूमिकाबारे मुरादसँग कुराकानी गर्दा नै म्रुनालको नाम आएको बताए । उनी भन्छन्, ‘उनले आफ्ना चलचित्रहरूमा निकै रमाइला रोलहरू खेलेका छन् र त्यसमा उत्कृष्ट प्रदर्शन पनि गरेका छन् । हामीलाई यो भूमिकामा उनी नै फिट हुन्छन् भन्ने लाग्यो र उनी पनि यो चलचित्र खेल्न त्यति नै उत्साहित छन् ।’

यो चलचित्र वर्धन केतकरले निर्देशन गर्दैछन् । यसलाई भुषण कुमारको टी–सिरिज र मुराद खेतानीको सिनेवान स्टुडियोले निर्माण गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप