संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, प्रहरी घटनास्थल पुग्दै
सोमबार, २१ भदौ २०७८, १२ : ०७
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए ।
थप विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण