शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बल्खुको बिजोग, तस्बिरमा हेर्नुहोस्

सोमबार, २१ भदौ २०७८, १० : २१
सोमबार, २१ भदौ २०७८

आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौँका १ सयभन्दा बढी स्थान डुबानमा परेका छन् । प्रहरीका अनुसार १३० जना बढीलाई डुबान क्षेत्रबाट उद्धार गरिसकिएको छ । अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको छ । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन । गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेका छन् ।

बागमती नदी बल्खु क्षेत्रको सुकुम्बासीमा पसेपछि त्यहाँ यतिबेला बिजोग छ । खोला छेउमा बनाइएका टहराहरू डुबानमा परेको छ । सडकमा पार्किङ गरेर राखिएका गाडीहरु डुबेका छन् । मानिसहरुलाई आफ्ना टहराका सामानहरु जोगाउन हम्मे हम्मे परेको छ । हेरौँ तस्बिर :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप