चीन र जापानबीच शत्रुता किन ?
चीनले चिनियाँ जनयुद्धको ७६ औं वर्षका अवसरमा जापानसँगको युद्धबारे भनेको छ, ‘त्यो जित फासीवादी शक्तिविरुद्धको थियो ।’ इतिहासमा चीन र रुस दुबैले जापानको आक्रामकताको सामना गर्नुपरेको थियो ।
चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको शुक्रबारको दैनिक पत्रकार सम्मेलनमा जापानसँगको युद्धबारे सोधिएको थियो । ‘त्यो जीत चीन र रुस दुबैका लागि महत्वपूर्ण थियो । एकपटक फेरि केही मानिसहरु इतिहास भुलाउन लागेका छन्, तर चीनले यस्तो हुन दिनेछैन,’ चिनियाँ विदेशमन्त्री वांग यीले जवाफमा भने ।
चीन र जापानको शत्रुताको कहानी
जब–जब जापान र चीनको दुश्मनीयुक्त सम्बन्ध र इतिहासको कुरा हुन्छ, तब १९३७ मा चिनियाँ शहर नान्जिङमा भएको हत्याकाण्ड याद गरिन्छ ।
जापानी सैनिकहरुले नान्जिङ शहरलाई आफ्नो नियन्त्रणमा राखेर हत्या, बलात्कार र लुटपाट गरेका थिए । यो कत्लेआम १९३७ को डिसेम्बर महिनामा सुरु भएको थियो र १९३८ को मार्च महिनासम्म चल्यो ।
नान्जिङका त्यतिबेलाका इतिहासकारहरु तथा समाजसेवी संगठनहरुको अनुमानअनुसार साढे दुईदेखि तीन लाख मानिस मारिएका थिए । यसमध्ये अधिकांश महिला र बालबच्चा थिए ।
ठूलो संख्यामा महिलाहरुको बलात्कार पनि भएको थियो । यद्यपी, जापानका धेरैजसो इतिहासकारहरु यति ठूला संख्यामा हत्या भएको स्विकार्न तयार छैनन् । उनीहरुले हत्या र बलात्कार भएको स्विकारेका छन् । तर यति ठूलो संख्या थिएन भन्ने उनीहरुको दाबी छ । र, यो सबै युद्धका क्रममा भएको उनीहरु बताउँछन् ।
चीन र जापानको युद्ध
सन् १९३१ मा जापानले चीनको मञ्चुरियामा आक्रमण ग¥यो । जापानको नियन्त्रणमा रहेको रेलवे लाइन नजिकै बम बिस्फोट भएपछि यो आक्रमण सुरु भएको थियो । यसदौरान जापानी सैनिकहरुको प्रतिस्पर्धा चिनियाँ सैनिकले गर्न सकेन र जापानले धेरै चिनियाँ इलाकाहरु आफ्नो कब्जामा लियो । जापानले त्यतिबेला चीनमाथि आफ्नो पकड मजबुत बनायो, जतिबेला चिनियाँ कम्युनिस्ट र राष्ट्रवादीहरु अन्तरसंघर्षमा थिए । चीनका राष्ट्रवादी नेता च्यांग काई शेकले नान्जिङलाई राष्ट्रिय राजधानी घोषणा गरेका थिए ।
चीनले आफ्नो पाठ्यपुस्तमा जापानको ज्यादतीलाई बढाई–चढाई प्रस्तुत गरेजस्तो कतिपय जापानीहरुलाई लाग्छ । तर, १९३१ मा जापनले क्रुर रुपमा मन्चूरियामाथि कब्जा जमाएको तथ्य इतिहासमा दर्ज छ ।
यसैको परिणामस्वरुप १९३७ मा एउटा व्यापक युद्ध सुरु भएको थियो र लाखौं चिनियाँहरुको मृत्यु तथा १९४५ मा दोस्रो विश्वयुद्धको समाप्तीसँगै यसको अन्त्य भयो ।
दोस्रो विश्वयुद्धमा पूर्वी एशिया लडाँइको मैदान बनेको थियो । यस इलाकामा राष्ट्रवादलाई केन्द्रमा ल्याउनका लागि दोस्रो विश्वयुद्धको भूमिका सबैभन्दा बढी रह्यो । आजको मितिमा आर्थिक र सैन्य शक्तिमा चीन निकै अगाडि छ , तर यस यात्रामा आइपुग्न उसको अतितको भूमिका पनि ठूलो रह्यो ।
पाठ्य पुस्तकहरुमा अपमानको इतिहास
चीनले आफ्नो अपमानजनक इतिहासलाई पाठ्यपुस्तकको हिस्सा बनायो र आफ्नो मुलुकले कति धेरै अपमान सहेको थियो भनेर नयाँ पिढींलाई बुझायो । १८३९ को पहिलो अफि युद्धदेखि दोस्रो विश्वयुद्धसम्म कस्तो अपराध सहनुपरेको थियो भनेर चीनले आफ्ना नागरिकहरुलाई याद दिलाइरहन्छ ।
जापान र पश्चिमा उपनिवेशवादीहरुले कसरी अपमान गरेका थिए भनेर चीनले नागरिकहरुलाई भुल्न दिदैंन ।
नान्जिङमा मारिएका मानिसहरुको यादमा हरेक वर्ष १३ डिसेम्बरमा छुट्टी दिने घोषणा २०१४ मा चीनले गरेको थियो । नान्जिङ नरसंहारका लागि जापानले माफी माग्नुपर्ने माग पनि उसले गर्दै आएको छ ।
सिन्जो अबेले नान्जिङ स्मृति भवनमा आएर माफी माग्नुपर्ने चीनको माग थियो । जब युनेस्कोले नान्जिङ नरसंहारसँग जोडिउका दस्तावेजहरुलाई विश्व रेकर्डका रुपमा सुरक्षित राख्ने फैसला ग¥यो, तब जापानले कडा आपत्तिमात्रै जनाएन, युनेस्कोलाई दिइने आर्थिक सहयोग पनि बन्द ग¥यो ।
कटुतापूर्ण सम्बन्ध
प्यू रिसर्चका अनुसार जापान र चीनका नागरिकबीच पनि निकै कटुता छ, प्यु रिसर्चका अनुसार केवल ११ प्रतिशत जापानीले मात्रै चीनबारे सराकात्मक राय राख्छन् । त्यसैगरी १४ प्रतिशत चिनियाँले मात्रै जापानका विषयमा सही राय राख्छन् ।
भनिन्छ, माओको कार्यकालका दौरान (१९४९–१९७६) नान्जिङमा भएको हत्याकाण्डलाई खासै वास्ता गरिएको थिएन । यसको मुख्यकारण चीनमा कम्युनिष्ट र राष्ट्रवादीबीचको गृहयुद्ध हो ।
राष्ट्रवादीहरुले नान्जिङलाई राष्ट्रिय राजधानी घोषित गरेका थिए र १९३० को दकश निकै कम कम्युनिष्ट यस शहरमा बस्थें । चीनमा राष्ट्रवादीहरुको हारपछि १९४९ मा मात्रै एकिकरण अभियान सुरु भएको थियो । र, माओलाई यो मुद्दा चर्को रुपमा उठाउन मन लागेन । १९८२ अघि चीनले नान्जिङ नरसंहारलाई लिएर कुनै पनि दस्तावेज प्रकाशित गरेको थिएन ।
जुलाई १९८२ मा जापानका शिक्षा मन्त्रीले एउटा शैक्षिक पुस्तक छपाए र उनले दोस्रो विश्वयुद्धमा जापानको भूमिकालाई बढाई चढाई गरे ।
नागरिकस्तरमा पनि समस्या
यदि जापानले आफ्नो भूमिका भुलिरहेको छ भने पनि भुल्न दिन हुन्न ः चीनलाई यस्तै लाग्यो । जापानले पाठ्यपुस्तक ल्याएको केही हप्ताभित्रै चीनले यस नरसंहारसँग सम्बन्धित एउटा संग्राहालय खोल्यो । चीन र जापान दुनियाँका दोस्रो र तेस्रो ठूलो अर्थव्यवस्था हुन् । दुबै देशबीचको समस्या केवल राजनीतिक स्तरमा मात्रै होेइन, नागरिकको स्तरमा पनि छ । भर्खरैमात्र दुई देशबीच साना टापुहरुलाई लिएर विवाद भउको थियो । यसमध्ये सेनकाकु टापु जापानमा छ भने दिओयु चीनमा छ । दुबै देशले यहाँ आ–आफ्ना जलसेनाहरुको गस्ती बढाएका थिए ।
दुई देशबीच जब कुनै विवाद हुन्छ, तब इतिहासको तिक्तता फेरि बाहिर आउँछ । दोस्रोतर्फ, सम्बन्ध राम्रो बनाउने कोसिस हुदाँ पनि अतितलाई याद गरिन्छ ।
‘१५ सय वर्षमा कहिल्यै सम्बन्ध ठीक रहेन’
जापानको उपप्रधानमन्त्री छँदा तारो असोले २००६ मा भारत भ्रमण गरेका थिए । यस समय उनले भनेका थिए,‘विगतका १५ सय वर्षमा त्यस्तो कुनै क्षण आएन, जब चीन र हाम्रो सम्बन्ध ठीक भएको होस् ।’ १९७२ मा जापानी प्रधानमन्त्री काकुई तानका चीनको भ्रमण गएका थिए । त्यसक्रममा उनले चीनसँग सम्बन्ध सुधार्ने कोसिस गरेका थिए ।
जुन जापानले १९३० देखि ४० को दशकमा चीनमाथि सैन्य आक्रामकता देखाएको थियो, त्यही जापानका प्रधानमन्त्रीलाई उक्त समय चीनका नायक माओले आतिथ्यता गरेका थिए ।
जापानी प्रधानमन्त्री काकुईले माफी माग्नुपर्ने विषयले यतिबेला पनि चर्चा पाएको थियो । जब यो कुरा माओसँग सोधियो तब उनले माफी माग्नुपर्ने जरुरी नरहेको प्रतिक्रिया दिएका थिए । ‘जापानी आक्रमण बिना चीनमा कम्युनिष्ट क्रान्ति संभव हुने थिएन,’ उनले जवाफ फर्काएका थिए ।
दुश्मनको दुश्मन : मित्र ?
आज पनि चीनमा कम्युनिष्ट पार्टीको शासन छ र सी जिनपिङले माओ समान दर्जा पाएका छन् । माओले जापानको अतीतको हमलालाई भुलेको भएपनि सी जिनपिङले त्यसलाई फेरि ताजा गरेका छन् । ईस्ट चाइना सीलाई लिएर दुबै देशबीच तनाव भएको जगजाहेरै छ । साउथ चाइना सीमा पनि ताइवान, अमेरिका र मलेसियाको साथमा जापान छ ।
भारतसँगको जापानको बढ्दो सम्बन्ध देखेर पनि चीन हैरान छ । जापानको सहयोगमा भारतले चीनसँगको सीमामा विभिन्न संरचनाहरु विकास गरेको छ । दोस्रोतर्फ, जापानका लागि खतरा बनेर उत्तर कोरिया उभिएको छ ।
उत्तर कोरिया र चीनबीच राम्रो सम्बन्ध छ भन्ने विषय लुकेको छैन । यदी चीन र जापानबीच शत्रुतापूर्ण इतिहास छ भने भारत र चीनबीच पनि यस्तै छ । यस्तोमा भारत र जापानको मित्रता सम्झन धेरै कठिन पर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव