झापामा मार्तोलले हानेर भाइले गरे दाइको हत्या
झापामा आफ्नै दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ बस्ने रतन राजवंशी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार आइतबार साँझ बिर्तामोड नगरपालिका–४ मा डेरा गरी बस्ने अन्दाजी ५० वर्षीय भात्रु राजवंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो । सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसमेतको टोली घटनास्थल पुगेर मृतकका छोरासँग सोधपुछ गर्दा आफ्नो काकाले मार्तोलले कुटपिट गरेर फरार रहेको बताएका थिए ।
प्रहरी टोलीले त्यसपछि राति ९ बजे ३७ वर्षीय रतन राजवंशीलाई आफन्तको घरबाट हत्यामा प्रयोग भएको मार्तोलसहित पक्राउ गरेको थियो । प्रवक्ता थापाले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र आज झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान