आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौंमा वर्षाले बेहाल : सडक अवरुद्ध, बागमती किनारका बस्तीमा बाढी पस्यो

सोमबार, २१ भदौ २०७८, ०८ : २९
सोमबार, २१ भदौ २०७८

काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको समाचार छ । बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन । 

प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ । 
गुहेश्वरी  आसपासमा आएको बाढीले  सोमबार बिहान सडक अबरुद्ध हुन पुगेको थियो । वरपरका केहि घरमा समेत पानी पसेको बताइएको छ । 

बिहान ८ बजेपछि भने सडकमा पानीको सतह घटेर सवारी साधन सञ्चालनमा आएका छन् । 


गुह्वेश्वरी क्षेत्रका तस्बिर हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप