शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोल्पामा पहिरोले पुरेर एक बालकको मृत्यु , वृद्धा बेपत्ता

सोमबार, २१ भदौ २०७८, ०८ : २४
सोमबार, २१ भदौ २०७८

रोल्पामा गत राति पहिरोले घर बगाउँदा एक बालक मृत फेला परेका छन् भने एक  वृद्धा बेपत्ता भएकी छन् । रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नाति मृत फेला परेका हुन भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक राना भन्छन्–‘ घटनास्थलमा हामी हिँडेर जाँदै छौँ, मृतक बालक र बेपत्ता वृद्धाको नाम खुल्न सकेको छैन, हामी घटना स्थलमा पुगेर थप विवरण दिनेछौँ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप