शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

नेपाल प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै

सोमबार, २१ भदौ २०७८, ०७ : ५३
सोमबार, २१ भदौ २०७८

सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषद्मा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको निर्णय हुने बताइएको छ । नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठूलो व्ययभार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको बताइएको छ । नेपाल प्रहरीमा आफू अनुकूलमा मानिसलाई बढुवा गर्नका लागि सरकारले दरबन्दी थप गरेको भन्दै केही वरिष्ठ अधिकृतहरुले आक्रोश व्यक्त गरेका छन् ।

नेपाल प्रहरीमा तल्लो तहका प्रहरी अधिकृत तथा जवानको वृत्ति विकासमा सरकारले अहिलेसम्म ध्यान दिन सकेको देखिँदैन । पहुँचका आधारमा दरबन्दी थप गरेर सरकारले अर्को अलोकप्रिय निर्णय गर्न लागेको भन्दै सुरक्षाकर्मीले चिन्ता व्यक्त गरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप