शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१९ जना जनप्रतिनिधिले छाडे एमाले

आइतबार, २० भदौ २०७८, २३ : १३
आइतबार, २० भदौ २०७८

बझाङको केदारस्यूँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायत १९ जना जनप्रतिनिधिहरुले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतबार सदरमुकाम चैनपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा उनीहरुले एमाले छाडेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

एमाले छाड्नेमा केदारस्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्र बहादुर विक, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर खाती, वडा नम्बर ५ का अध्यक्ष काशिराम धामी, वडा सदस्य ज्ञाना जेठारा, कमला कुमारी भण्डारी, नन्दा देवी सिंह, जुनादेवी ओखेडा, तुलसी देवी बिष्ट , मिजुरा देवी ओखेडा, बाटुली देवी ओड,विमला कुमारी शर्मा,कल्यान धामी, धन बहादुर बिष्ट, धन्नाम रावल, लाल बहादुर कामी र कार्यपालिका सदस्य कटक बहादुर दमाई रहेको समाजवादीका नेता दिल बहादुर सिंहले बताए । 
निर्वाचन आयोगले भाद्र २२ गतेसम्म जनप्रतिनिधिहरूलाई समाजवादी पार्टी रोज्न समयसीमा तोकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप